Section 6
यो ऐन लागू हुनुभन्दा अगावै छात्रवृत्ति लिएका व्यक्तिका सम्बन्धमा विशेष व्यवस्था

(१) यो ऐन लागु हुनु भन्दा अगावै नेपाल सरकारबाट वा नेपाल सरकार मार्फत कुनै छात्रवृत्ति लिई अध्ययन गरिरहेको वा तालीम लिइरहेको व्यक्तिले पनि दफा ४ मा लेखिएका कुराहरु पालना गर्नु पर्नेछ र सो व्यक्तिले सो कुराहरुको पालना नगरेमा निजबाट विगो असुल गरिनेछ र निजले छात्रवृत्ति पाइरहेको भए सो समेत बदर गर्न गराउन नेपाल सरकारलाई अधिकार हुनेछ ।

(२) राजपत्रमा सूचना प्रकाशित गरी छुट दिएकोमा वाहेक यो ऐन लागू हुनु भन्दा अगावै नेपाल सरकारबाट वा नेपाल सरकार मार्फत, कुनै छात्रवृत्ति लिई अध्ययन वा तालीम समाप्त गरी आएको कुनै व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष भित्र नेपाल सरकारले तोकी दिएको पद र स्थानमा कम्तीमा पाँच वर्ष काम गर्नुपर्छ । सो बमोजिम काम नगरेमा वा काम गर्न मञ्जुर नगरेमा वा काम शुरु गरी सो अवधि भुक्तान नभै बीचमा छाडेमा निजबाट नेपाल सरकारले विगो असुल उपर गरी लिन सक्नेछ ।